बलात्कारको आरोप लागेका युट्युबर शिवाकोटी कारागार चलान

बलात्कारको आरोप लागेका युट्युबर शिवाकोटी कारागार चलान

arrest

सांकेतिक तस्बिर

काठमाण्डौ – १४ बर्षीया वालिकालाई पटक-पटक बलात्कार गरेको आरोपमा युट्युबर अर्जुन शिवाकोटीलाई कारागार चलान गरिएको छ । जिल्ला अदालत काठमाडौंको आदेशले शिवाकोटीलाई पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरेको हो ।

प्रहरीले गत असार १५ मा शिवाकोटीलाई पक्रेर अनुसन्धान गरेको थियो । शिवाकोटीमाथि काठमाडौँका दुई किशोरीलाई बलात्कारको गरेको आरोप  छ । उनी ‘मेकिङ नेपाल’ युट्यब च्यानलका सञ्चालक हुन् । उनले १४ वर्षीया किशोरीलाई २०७६ सालदेखि नै डर त्रास देखाएर यौन शोषण गर्ने गरेको उजूरी परेको थियो । पछि, १२ बर्षीया बालिकालाई समेत बलात्कार गर्न थालेको देखिएको छ । महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिए ।

पीडित परिवारले यौन दुर्व्यवहार गरेको थाहा पाएपछि कुरा उठाउँदा आरोपीले मार्ने धम्की दिँदै ‘म पत्रकार भएकाले प्रहरीले पनि मलाई केही गर्न सक्दैन’ भनेर डर देखाएको पीडितले बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ