तनहुँः भिमादमा ३५ वर्षीय पुरुषको शव फेला, सिमलटारको झोलुङ्गे पुलबाट आले खसे

तनहुँः भिमादमा ३५ वर्षीय पुरुषको शव फेला, सिमलटारको झोलुङ्गे पुलबाट आले खसे

Bhimad Seti

File Photo

तनहुँको भिमाद  ६ स्थित सेती नदीको किनारमा एक पुरुषको शव फेला परेको छ । उनको अहिलेसम्म पहिचान खुल्न नसकेको प्रदेश प्रहरी कार्यालय, पोखराले जानकारी दिएको छ ।

३५-४० वर्ष उमेरको पुरुष व्यक्तिको शव पानीमा तैरिरहेको अवस्थामा फेला परेको भन्ने सूचना प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटी गएको र घटनाका विषयमा थप अनुसन्धान भईरहेको जनाइएको छ ।

पुलबाट खसेर बेपत्ता

यस्तै, सोमबार नै तनहुँ आँबुखैरेनी गाउँपालिका ५ स्थित तनहुँ र चितवन जोड्ने सिमलटारको झोलुङ्गे पुलबाट सोहि ठाउँका ५८ वर्षीय बल बहादुर आले खस्न गई बेपत्ता भएको प्रहरीले जनाएको छ । खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटि गई खोजतलास कार्य सुरु भएको जनाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds