पछिल्लो २४ घण्टामा थप १ सय ३९ जना नयाँ संक्रमित, ३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप १ सय ३९ जना नयाँ संक्रमित, ३ जनाको मृत्यु

Corona update 3

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड-१९) का १ सय ३९ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्मको तथ्यांक अनुसार देशभर गरी चार हजार ९५० जना सक्रिय संक्रमित रहेका छन्। सोमबार ६२६ जना संक्रमित निको भएर घर फर्किएका छन्।

(कोभिड – १९) का कारण नेपालमा मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

पछिल्लोपटक थप ३ जनाको मृत्यु भएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार पत्रकार सम्मेलन गरी गरेको छ ।

पर्साको वीरगञ्जका एक भारतीय नागरिक, धनुषाको शहीद नगरका ३६ वर्षीय पुरुष र बाराको फेटाका ६० वर्षीय पुरुष गरी ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ