स्याङ्जामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि, गण्डकी प्रदेशमा १३९९ पुग्यो

स्याङ्जामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि, गण्डकी प्रदेशमा १३९९ पुग्यो

Corona update 1

पोखरा । स्याङ्जाका १८ सहित गण्डकी प्रदेशमा थप २२ मा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार स्याङ्जाका १८, कास्कीका २ र लमजुङका २ गरी २२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

कोरोना पुष्टि हुनेमा कास्कीको ४२ र ३० वर्षका २ पुरुष, लमजुङका ३१ र २३ वर्षका २ पुरुष तथा स्याङ्जाका २७ देखि ४६ वर्ष समुहका १७ पुरुष र एक २६ वर्षीया महिला रहेका छन् । स्याङ्जाका सबै संक्रमित पुतलीबजारका रहेको जनाइएको छ ।

संक्रमितलाई जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ९९ पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds