प्रदेश नम्बर २ मा कोरोनाबाट एकैदिन दुई जनाको मृत्यु भएको छ । धनुषाको प्रादेशिक अस्पतालबाट धरान रेफर गर्दा बाटोमै मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ आइतबार धनुषाको सहिदनगर नगरपालिका डुमरियाका ३८ वर्षीय पुरुषको मृत्यु भएको हो ।
ज्वरोसहित स्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई शनिबार प्रादेशिक अस्पतालमा रहेको कोरोना विशेष अस्पतालको आइसोलेसनको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि उनलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा धरानमा रिफर गरिएको थियो । उनको बाटोमा मृत्यु भएको बताइएको छ ।
वीरगन्जस्थित नारायणी अस्पतालको गण्डक कोरोना विशेष अस्पतालमा बिहान मृत्यु भएका ६५ वर्षीय वृद्धमा कोरोना संक्रमण देखिएको छ ।
मधुमेह र मुटुका रोगी समस्या बढेपछि आईसीयूमा राखेर उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ती वृद्धको कोरोना पोजेटिभ आएको मेसु डा.मदन उपाध्यायले जानकारी दिए ।
सम्बन्धित खबर
‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई ४३ करोड ४० लाख
नेपाल प्रहरीका ८ जना एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम