गण्डक अस्पतालमा आरडीटी पोजेटिभ देखिएका एक व्यापारीको मृत्यु

गण्डक अस्पतालमा आरडीटी पोजेटिभ देखिएका एक व्यापारीको मृत्यु

corona death

वीरगंज – शनिवार साँझ आरडीटी जाँचमा कोरोना पोजेटिभ देखिएका वीरगंजका एक व्यवसायीको मृत्यु  भएको छ। वीरगंजको आर्दशनगरका ६५ वर्षीय बृद्धमा शनिवार साँझ वीरगंज हेल्थ केयर हस्पिटलको कोभिड युनिटमा आरडीटी परिक्षण गर्दा पोजेटिभ देखिएपछि उनलाई गण्डक अस्पतालमा शनिवार राति साढे ७ बजे भर्ना गरिएको थियो।

पहिलादेखि मुटु रोग र मधुमेहका बिरामी रहेको स्वास्प्रस्वासमा समस्या देखिएपछि उनको गण्डक अस्पतालमा राति भर्ना भएकोमा राति ११ बजे ईमर्जेन्सी वार्डमै भेन्टिलेटर व्यवस्थापन गरी उपचार भइरहेको थियो। आइतवार बिहान ६:१० मा उनको मृत्यु भएको गण्डक अस्पतालका संयोजक डा. उदयनारायण सिंहले बताए।

पर्सामा उनको स्वाब संकलन गरिएको र आज पीसीआर रिर्पोट आउने डा. सिंहले बताए । भारतीय नागरिक रहेका वृद्ध व्यापारी वीरगंजको आदर्शनगरमा व्यवसाय गर्दै आएका थिए। उनी एक सातादेखि शुरुमा नारायणी अस्पतालमा उपचार गराउँदै आएकोमा हाल ज्वरो, सुक्खा खोकी र श्वासप्रवासमा समस्या देखिएको उनको उपचारमा संलग्न डा निरज सिंहले जानकारी दिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds