भारतबाट आएर होम क्वारेन्टिनमा बसेका पोखराका एकजनामा कोरोना संक्रमण पुष्‍टि

भारतबाट आएर होम क्वारेन्टिनमा बसेका पोखराका एकजनामा कोरोना संक्रमण पुष्‍टि

Corona update 2

पोखरा । गण्डकी प्रदेशमा शनिबार थप एकजनामा कोरोना संक्रमण पुष्‍टि भएको छ ।

भारतबाट आएर पोखरा-१८ स्थित आफ्नै घरमा होम क्वारेन्टिनमा बसेका २२ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हों ।

प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार दिउँसो जारी गरेको विज्ञप्ति अनुसार नयाँ संक्रमण पुष्‍टि हुने व्यक्ति कास्कीका हुन् ।

योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या १३६१ पुगेको छ । कास्कीमा भने कुल संक्रमितको संख्या १०७ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं १८ का २२ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

उनलाइ आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।

निर्देशनालयका अनुसार प्रदेशभर हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ११२२ पुग्दा ४ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds