पोखराको ढिकालेथरबाट हराएका बृद्द दुईकुलाको मुहानमा मृत अवस्थामा फेला

पोखराको ढिकालेथरबाट हराएका बृद्द दुईकुलाको मुहानमा मृत अवस्थामा फेला

death body

पोखरा – पोखराको दुईकुलाको मुहानमा एक बृद्द मानिस मृत अवस्थामा फेला परेका छन् ।

पोखरा महानगरपालिका वडा नं -१२ ढिकालेथर बस्ने बर्ष ८० का तेज बहादुर गुरुङ पोखरा -१३ स्थित दुईकुलाको मुहानमा मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

गुरुङ आज बिहान अन्दाजी ७:३० बजेको समयमा घरमा कसैलाई नसोधी एकाएक बेखबर भएका थिए । उनी हराए पश्चात खोजतलास गर्दै जाने क्रममा घरबाट अन्दाजी २०० मिटर उत्तर तर्फ सेतीको नहर छेउमा उनले लगाउने टोपी चप्पल र फोटोहरु आफन्तले फेला पारेका थिए ।

घटनाबारे तत्काल प्रहरीलाई खबर गरिएकोमा लगत्तै खटिएको प्रहरीको टोलीले गरेको खोजीकार्यमा बृद्दलाई दुईकुलाको मुहानमा मृत अवस्थामा फेला पारेको थियो ।

मृतक बृद्दको बिषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ