वीरगन्जमा मृत्यु भएकी १७ बर्षिय युवतीलाई कोरोना पुष्टि, मृत्यु संख्या ४५ पुग्यो

वीरगन्जमा मृत्यु भएकी १७ बर्षिय युवतीलाई कोरोना पुष्टि, मृत्यु संख्या ४५ पुग्यो

corona death

बाराको परवानीपुर ४ की १७ वर्षीय किशोरीको उपचारका क्रममा मृत्यु भएको हो । उनको मृत्युपछि पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।

युवतीलाई उच्च ज्वरो आएपछि वीरगन्जकै एड्भान्स हस्पिटलमा भर्ना गरेका थिए ।

युवतीको स्वास्थ्यमा थप समस्या भएपछि उनलाई बुधबार नारायणी अस्पतालमा ल्याइएको अस्पतालका डाक्टरले बताएका छन् ।

यस्तै शुक्रवार बिहान नै नारायणी अस्थायी कोरोना अस्पतालमा भर्ना भई उपचार गराईरहेकी वीरगन्ज महानगरपालिका ११ निवासी ८५ वर्षीया महिलाको मृत्यु भएको थियो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ । पछिल्लो मृत्यु बारे स्वास्थ्य मन्त्रालयले आधिकारिक पुष्टि भने गरेको छैन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds