पछिल्लो २४ घण्टामा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि

kathmandu

नेपालमा पछिल्लो २४ घण्टामा एक सय ३३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले एक सय ३३ जनामा थपिएसँगै कोरोना पुष्टि हुनेको कुल सङ्ख्या १८ हजार तीन सय ७४ पुगेको जानकारी दिए ।

हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या भने ५ हजार ३ सय ८३ रहेको मन्त्रालयका प्रवक्ता प्राडा गौतमले जानकारी दिए।

देशभर शुक्रबार मात्र १०७ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना मुक्त हुनेको कुल संख्या १२ हजार ९ सय ४७ पुगेको छ।

पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट ३ हजार ९ सय ८७ को नमुना परीक्षण भएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ