कास्कीका ५ सहित गण्डकी प्रदेशमा १० कोरोना संक्रमित थपिए

कास्कीका ५ सहित गण्डकी प्रदेशमा १० कोरोना संक्रमित थपिए

Corona update 1

पोखरा । कास्कीका ५ सहित गण्डकी प्रदेशमा शुक्रबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखराका ३ सहित कास्कीका ५ जना, लमजुङका ३ जना तथा तनहुँ र बागलुङका १-१ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कोरोना पुष्टि हुनेमा कास्कीको पोखरा महानगरका ३५, २३ र ४० वर्षका ३ पुरुष, कास्कीकै अन्नपुर्ण गाउँपालिकाका ५५ वर्षका पुरुष र ५२ वर्षीया महिला, लमजुङका ३ पालिकाका २३ ,२५ र २९ वर्षीय पुरुष , तनहुँका ४८ वर्षीय पुरुष र बागलुङका २७ वर्षीय पुरुष रहेका छन् ।

यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ६० पुगेको छ ।

यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १०९१ पुगेको पनि निर्देशनालयले जानकारी दिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds