चार महिनापछि पोखरामा सार्बजनिक बस चलेपनि यात्रुको संख्या भने अत्यन्त न्यून

चार महिनापछि पोखरामा सार्बजनिक बस चलेपनि यात्रुको संख्या भने अत्यन्त न्यून

pokhara-micro

पोखरा – विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण सरकारले आह्वान गरेको झन्डै चार महिना लामो लकडाउनका कारण थन्किएका सार्बजनिक सवारीसाधन आजदेखी सञ्चालनमा आएका छन् । पोखरा नगरभित्र गुड्ने जम्मा ३६० बसमध्ये आज आधाको संख्यामा मात्र सवारी संचालनमा आएका हुन् ।

पोखरा नगरभित्र बिहानैदेखि सार्बजनिक सवारी चलेपनि बसमा यात्रा गर्ने यात्रुहरुको सङ्ख्या भने अत्यन्त न्यून देखियो । छोरेपाटनबाट बिरौटा, राष्ट्रबैंक चोक, सिर्जनाचोक हुँदै बगरसम्मको रुटमा चल्ने माइक्रोका चालक विकास लामाले सभागृह चोकसम्म आउँदा जम्मा ७ जना यात्रु बसमा चढेको बताए । लामाका अनुसार “आफ्नो निजी सवारी नभएका, अफिसियल कामकाजी ब्याक्ति र नगई नहुने अबस्थाका मानिस मात्र सार्बजनिक बसमा चढेका छन । “

त्यस्तै पोखराको हरीचोकबाट चाउथेका लागि छुटेको मिनी माइक्रो बिन्दवासिनी, मालेपाटन जिरोकिमी, पृथ्बीचोक हुँदै बुद्दचोकसम्म आउँदा जम्मा ५ जना यात्रु चढेको चालक अविनाश विकले बताए । पहिले- पहिले आधा किलोमिटर हिंड्न माइक्रो रोक्थे, अहिले टाढा-टाढा पुग्नुपर्ने मानिस पनि पैदलै हिंड्न तम्सिए, ‘खै कोरोना सर्छ भनेर होकी, केले हो ?’  विकले अनभिज्ञता देखाए ।

त्यसो त सार्बजनिक बसमा यात्रुको संख्या कम हुनुमा कोरोनाको त्रासलाई मात्र लिन सकिंदैन । सरकारले साउनभर एउटा जिल्लाभित्र वा एउटा जिल्लाबाट अर्काे जिल्लामा सवारीसाधन चलाउन नपाउने निर्णय गरेका कारण गाउँबाट बिभिन्न उद्देश्यले शहर झरेका अधिकांश मानिस अहिले गाउँमै रोकिएका छन् । बिशेष गरी शिक्षक बिद्यार्थी, निजी संस्थामा काम गर्ने जागिरे तथा ब्यापार व्यवसाय गर्ने धेरै मानिस अहिलेपनि लामो दूरीका सवारी नचल्दा शहर भित्रन पाएका छैनन् ।

सार्वजनिक सवारी सञ्चालन गर्दै आएको पोखराको सबैभन्दा ठूलो कम्पनी पोखरा यातायात प्रालिले आज आधा मात्र सवारी साधन चलाएको जानकारी कम्पनीका प्रबन्ध निर्देशक अमृत शर्माले दिए । ‘आधारभूत सुरक्षा सतकर्ता अपनाएर आज आधा मात्र सवारी साधन सञ्चालनमा ल्याएका छौं शर्माले भने।’ उनका अनुसार पोखरामा कम्पनीमा आबद्ध ३६० सवारी साधन सञ्चालन हुँदै आएका छन् । पोखरामा विभिन्न यातायात कम्पनीका करीब आठ सय बस तथा दुई हजार ५०० ट्याक्सी सञ्चालन हुँदै आएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds