पोखरा । गण्डकी प्रदेशमा पाँच जना कोरोना संक्रमित थपिएका छन् । पर्वतमा २, कास्कीमा २ र स्याङ्जामा १ जना कोरोना संक्रमित थपिएका हुन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या १ हजार ३ सय ५० पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयले बिहीबार बिहान जारी गरेको प्रेस विज्ञप्तिअनुसार पर्वतको मोदी गाउँपालिकामा एक जना पुरुष र एक जना महिलामा कोरोना संक्रमण देखिएको छ । उनीहरु २५ र ३१ वर्ष उमेर समूहका छन् ।
यसैगरी कास्कीको पोखरा महानगरपालिकामा २५ र ३८ वर्षका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्याङ्जाको चापाकोट नगरपालिकाका २८ वर्षीय एक जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सम्बन्धित खबर
प्रथम स्व. कमल पोख्रेल स्मृति कप, पुरुष भलिबल प्रतियोगिता हुने
पुस्तक तथा स्टेसनरीमा गौतमको नेतृत्व
कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव
रिमझिम बल क्यान्डी ‘पीरो मिठाई’ पोखरा बजारमा उपलब्ध, छिट्टै देशैभर उपलब्ध हुने
नि : शुल्क स्वास्थ्य शिविरबाट दुई हजार बढी लाभान्वित
चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम