भाइ राकेशको निधनपछि फेसबुकमा राजेशले लेखे – ‘गुड बाइ डिएर काकु…’

भाइ राकेशको निधनपछि फेसबुकमा राजेशले लेखे – ‘गुड बाइ डिएर काकु…’

rajesh-hamal-ka-vai-rakesh

अभिनेता राजेश हमाललाई भातृ शोक परेको छ। उनका भाइ राकेश हमालको भारतको नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएको हो। कलेजोको रोगबाट समस्यामा रहेका राकेशलाई केही दिनअघि मात्रै उपचारका लागि दिल्ली लगिएको थि

यो। राकेशका श्रीमती र दुई छोरा-छोरी छन्। उनको शव नेपाल ल्याउने विषयमा छलफल भइरहको पारिवारिक स्रोतले जनाएको छ। प्लेन चार्टर्ड गरेर दिल्ली पुर्‍याइएका उनको त्यहाँस्थित ह्याम्स अस्पतालमा निधन भएको हो। अभिनेता हमाल र राकेशको परिवार राजधानीको एकै घरमा बस्दै आएका छन् । राजेश हमाल अहिले काठमाडौंमा नै छन्। उनीहरुका तीन दिदीबहिनी छन् ।

अन्य क्षेत्रमा रहेका राकेश र राजेश हमालबीच करिब डेढ वर्षको उमेर अन्तर रहेको जनाइएको छ । नेपाली सिनेमा, समाजसेवा तथा राजनीतिमा पनि क्रियाशील राकेश सबैतिर लोकप्रिय थिए । अपांगता व्यक्तिहरूका लागि त उनी आदर्श व्यक्ति नै थिए ।

आफ्नो प्यारो भाइ राकेशलाई अहिले नै गुमाउनुको पीडा राजेशले सामाजिक सञ्जालमा सेयर गरेका छन् । उनले बाल्यकालका दाजुभाइका तस्बिर सेयर गर्दै लेखेका छन्, ‘गुड बाई डियर काकु । मे यु अलवेज फाइन्ड पिस ।’ अर्थात् अलविदा प्रिय काकु । सधैं तिम्रो आत्माले शान्ति पाओस् । राकेशको निक नेम काकु हो । उनलाई पारिवारिक रूपमा सबैले बोलाउने नाम नै काकु रहेको बताइन्छ ।

https://www.facebook.com/rajesh.hamal.5872682/posts/2685446251670215

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds