पैसा नतिर्न आफै अपहरणको नाटक, प्रहरीले खोज्दै जाँदा होटलमा युवतीसंग मस्त

पैसा नतिर्न आफै अपहरणको नाटक, प्रहरीले खोज्दै जाँदा होटलमा युवतीसंग मस्त

arrest-pakrau

सांकेतिक तस्विर

काठमाण्डौ – नियतमै खोट भएका मानिसले आफ्ना खराब कर्तुतबाट उम्कन के कस्ता हतकण्डा अपनाउँछन् भन्ने कुराको उदाहरण काठमाडौ महानगरपालिका–४ चुनदेवी बस्ने शक्तिराज रेग्मीले पेश गरेका छन् ।

रेग्मीले विभिन्न मानिसबाट लिएको रकम तिर्न नपरोस् भनेर अपहरणमा परेको नाटक गरेको खुल्न आएको छ । रेग्मी असार २४ गतेदेखि एकाएक बेखबर बनेका थिए । यता, परिवारले अपहरण परेको हुनसक्ने भन्ने व्यहोराको निवेदन साउन ४ गते महानगरीय अपराध महाशाखामा बुझाएका थिए ।

यस विषयमा अनुसन्धानका लागि महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई गएराति होटलबाट पक्राउ गरेपछि अपहरणको नाटक रचेको रहस्य खुलेको हो । रेग्मी असार २४ गते घरबाट निस्की सम्पर्कविहीन भई अपहरणको नाटक गरी नयाँ बसपार्कस्थित सुगन्ध होटलमा युवतीसँग बसेको अवस्थामा प्रहरीले फेला पारेको जनाएको छ ।

पक्राउपछि अनुसन्धान गर्दा रेग्मीले विभिन्न व्यक्तिसँग जग्गा व्यवसाय गर्छु भनी करोडौँ रुपैयाँ लिएको र पैसा तिर्नु नपरोस् भनी अपहरणको नाटक गरेको खुलेको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए। अपहरणमा नपरी प्रहरीलाई अनावश्यक हैरानी दिई राज्यको स्रोतसाधनको दुरूपयोग भएको भन्दै सोही अनुरुपको  मुद्दामा उनीमाथि थप अनुसन्धानका लागि बुधबार प्रहरीमा बुझाइएको महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds