स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत तीन प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
उनीहरुको रिपोर्ट पोजेटिभ आएसँगै जिल्ला प्रहरी कार्यालय स्याङ्गजालाई शिल गरिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए ।
समुदायमा संक्रमण नफैलियोस् भनेर प्रहरी कार्यालय शिल गरिएको प्रजिअ क्षेत्रीले जानकारी दिए । रिपोर्ट पोजेटिभ आएकाहरुको कन्ट्याक ट्रेसिङ गरी स्वाब निकालेर परीक्षणका लागि पोखरा पठाउने तयारी भईरहेको प्रजिअ क्षेत्रीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्र अधिकारीले भने जिल्ला कार्यालय शिल गरिएको भए पनि अनलाइनमार्फत उजुरी लिएर कामकाजलाई अगाडी बढाउने बताए ।
प्रवक्ता अधिकारीकाअनुसार संक्रमित तीनै जना प्रहरीहरुलाई आइसोलेसन वार्डमा राखिसकिएको छ ।
सम्बन्धित खबर
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते