नेपालमा वर्षेनी करोडौं रुपयाँको विदेशी मदिरा आयात हुने गरेको छ । विदेशी मदिरा आयात बढिरहेकै बेला त्यसलाई विस्थापित गर्न स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नेुपर्ने आवाज उठ्न थालेको छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदद्वय शेरबहादुर तामाङ र नेतृ उषाकला राईले मदिरामा मुद्रा बाहिरिने क्रम रोक्नको लागि नेपाली परम्पागत उत्पादनलाई प्रोत्साहन गर्नेुपर्नेमा जोड दिएका छन् । काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा सांसदद्वय तामाङ र राईले परम्परागत नेपाली उत्पादन प्रयोग गरेर विदेशी मदिरा विस्थापित गर्नुपर्ने बताइन । हरेक मुलुकले आफ्नो उत्पादनलाई ब्राण्ड बनाईरहेका बेला हामीले भने आफ्नो ब्राण्डलाई ब्याण्ड गर्ने तर्फ लागिरहेका छौं उनले भनिन् ।
मुलुकमा विदेशी विभिन्न ब्राण्डका मदिरा बिक्रीबितरण भइरहे पनि प्रशासनले घरेलु मदिरालाई भने व्यवसायिक उत्पादनमा प्रतिबन्ध लगाउने गरेको छ । मुलुकको विभिन्न ठाउँमा प्रहरीले घरेलु मदिरा जफत गरी नष्ट गर्दै आएको छ । सांसदद्वय तामाङ र राईले घरेलु मदिरालाई ‘ब्याण्ड’ होइन ‘ब्राण्ड’ बनाउनुपर्ने प्रतिक्रिया दिइन ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो