होटल तथा रेष्टुरेन्ट साउन १५ गतेबाट खुल्ने, भोज र पार्टी गर्न नपाइने

होटल तथा रेष्टुरेन्ट साउन १५ गतेबाट खुल्ने, भोज र पार्टी गर्न नपाइने

Hotel Annapurna Ktm

काठमाडौं । साउन १५ गतेबाट होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न पाइने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा होटल सञ्चालन गर्न दिने निर्णय गरेको हो । हाल होटलहरु बन्द नै छन् भने रेष्टुरेन्टहरुमा प्याकिङ र टेक अवे सेवा मात्र दिने अनुमाति छ ।

साउन १५ बाट भने होटल पनि खुल्ने भएका छन् । तर सामूहिक भोज, पार्टीजस्ता गतिविधि गर्न नपाइने सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी कार्यालय पनि साउन १५ बाट खोल्न सकिनेछ उनले बताए । ‘हिउँदे सिजनको पर्यटन व्यवसायलाई ध्यानमा राखेर यो निर्णय गरिएको हो’ उनले भने ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ