पृथ्वी राजमार्गमा पहिरै पहिरो, मौवा खोलाले पुल बगायो, काठमाण्डौसम्म आवतजावत ठप्प

पृथ्वी राजमार्गमा पहिरै पहिरो, मौवा खोलाले पुल बगायो, काठमाण्डौसम्म आवतजावत ठप्प

Dhading-mauwa-khola-pull

धादिङ – अविरल वर्षाका कारण धादिङ र चितवन जिल्ला जोड्ने पृथ्वी राजमार्गको मौवा खोलाको पुल भत्किएको छ । आइतबार बेलुकीदेखि परेको अविरल वर्षापछिको बाढी र पहिरोका कारण धादिङतर्फको पुल भत्किएको प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिएका छन् ।

यो पुल भत्किएपछि पृथ्वीराजमार्ग हुँदै काठमाडौंसम्म हुने आवातजावत ठप्प भएको छ। चितवन र धादिङको सीमामा रहेको मौवा खोलाको पुल भाँचिएसँगै सवारी आवत जावत ठप्प भएको हो। बाढीले धादिङतर्फको पुलको भाग भत्काएको छ। धादिङमा पृथ्वीराजमार्गका आधा दर्जन भन्दा धेरै ठाउँमा पहिरो खसेर सडक पनि अवरुद्ध भएको छ। उता चितवनमा पनि ठाउँ ठाउँमा पहिरो झरेर सडक अवरुद्ध भएको छ।

यस्तै राजमार्गमा पर्ने हुग्दीखोला आसपास क्षेत्र, बादरेखोला, बैरेनी, चालिसे, फूर्केखोला, छहरेलगायत क्षेत्रमा राजमार्गभन्दा माथिबाट लेदो आएर थुप्रिएका कारण राजमार्ग अवरुद्ध भएको छ । पृथ्वी राजमार्ग र मलेखु धादिङ बेंसीको कालुपाण्डे राजमार्गको विभिन्न ठाउँमा खसेको पहिरोले राजमार्ग पूर्ण रुपमा बन्द भएको छ । पहिरोका कारण पृथ्वी राजमार्गको आवतजावत बन्द भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ