तनहुँ । अविरल वर्षाका कारण तनहुँका विभिन्न स्थानमा बाढी र पहिरोले क्षति पुर्याएको छ ।
गत असार २८ गते आएको अविरल परेको वर्षाका कारण बाढी तथा पहिरोल घर जोखिममा परि विस्थापित भएका तनहुँको व्यास-१० डिहीगाउँ, शितलगुफा, दुम्सिकोट, अधेरीभञ्ज्याङ र बीपीभञ्ज्याङ लगायतका ३४ घर परिवारलाई फिड द हंग्री नेपाल संस्थाले सोमबार खाद्यान्न सहयोग गरेको हो ।
सोमबार एक कार्यक्रमको आयोजना गरि पचास हजार रूपैया बराबरको खाद्यान्न राहत सामग्री वितरण गरेको संस्थाले जनाएको छ ।
व्यास नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय तनहुँको समेत अनुमति तथा व्यास-१० र नेपाल रेडक्रस सोसाइटी दुम्सिकोट उपशाखाको समन्वयमा उक्त राहत सामग्री वितरण गरिएको फिड द हंग्री नेपालका प्रतिनिधि सन्तोष सिलवाल खत्रीले बताए ।
राहत वितरण कार्यक्रमका प्रमुख अतिथि व्यास १० का वडाअध्यक्ष तुलसीराम सापकोटाले विपतका बेलामा सहयोगको पर्खाइमा बसेका वडाका बाढीपहिरो पिडितलाई टोल टोलमै पुगेर गरेको सहयोगले वास्तविक पीडितले केही राहत पुगेको बताए ।
संस्थालाई धन्यबाद दिदै बाँकी राहतका कार्यक्रमहरु नगरपालिकाले छिट्टै लिएर आउने बताए ।
संस्थाका प्रतिनिधि समुन्द्र ढकालको सभापतित्वमा संचालन गरिएको उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका जुनियर युवा संयोजक एबं दुम्सिकोट उपशाखाका सभापति रामदत्त पौडेल, युवा उद्यमी बलबहादुर शाही, रमाकान्त ढुंगाना, विशाल गिरी लगायतले संस्थाले पुर्याएको सहयोगको प्रशंसा गरेका थिए ।
कार्यक्रम ईश्वर पौडेलले संचालन गरेका थिए ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते