आवश्यक सतर्कता अपनाएर होटल, पर्यटन, हवाई, यातायात क्षेत्र सञ्चालन गरौं: पहारी (भिडियो)

आवश्यक सतर्कता अपनाएर होटल, पर्यटन, हवाई, यातायात क्षेत्र सञ्चालन गरौं: पहारी (भिडियो)

Rajib Pahari

गण्डकी प्रदेशसभा सदस्य एवं नेकपाका नेता राजिव पहारीले अब आवश्यक सतर्कता अपनाएर होटल, पर्यटन, यातायात क्षेत्र सञ्चालन गर्न सुझाव दिएका छन् । उनले समाजिक एवं भौतिक दुरी कायम राख्दै बन्द भइरहेका होटल तथा पर्यटन क्षेत्रहरु, यातायात, हवाइ क्षेत्रहरु सुचारु गर्दै जानुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेशसभाको शून्य समयमा बोल्दै पहारीले प्रदेश सरकार र संघिय सरकारले समन्वय गरेर उच्च सतर्कता अपनाएर विशेष पहलकदमीको व्यवस्था गर्न माग गरे । केही दिन यता परेको अविरल वर्षा र पहिरोको कारणले अवरुद्ध भएका सडकहरु खोल्न र थप पार्न सक्ने क्षतिलाई समयमै रोक्न विशेष पहलकदामी लिन पनि उनले प्रदेश सरकारसँग अनुरोध गरे ।

उनले कोभिड–१९ ले भन्दा बढी बाढी पहिरोले ज्यान गएको बताउँदै सराङ्कोटमा ५ जनाको मृत्यु भएका,े त्यस्तै माछापुच्छ«े गाउँपालिकामा तीन जना बच्चाको अल्पायूमै निधन भएको भन्दै दुःख व्यक्त गर्नुभयो । पोखरा २३ को बाम्दीमा अविरल वर्षाकै कारण हर्पण्न खोलाको बाँधमा क्षती पुगेर बाम्दी बस्ती पुरै डुबानमा परेको, ५५ घरधुरी उच्च जोखिममा रहेकोले समयमा नै त्यसको व्यवस्थापन नगरे ठूलो मानविय क्षती हुने सम्भावना रहेको भन्दै पहारीले बाढी पहिरो नियन्त्रण गर्न प्रदेश सरकारले संघ र स्थानीय तहबीचमा समन्वय गरी प्रभावकारी कदम चाल्नुपर्ने बताए ।

भू–बनोट र वातावरणीय प्रभावको अध्ययन गरेर मात्रै बाटो खन्ने र घर बनाउने कार्यको व्यवस्थापन गर्न प्रदेश सरकार मार्फत सम्बन्धीत निकायको ध्यानाकर्षण समेत गराए । उनले भनेः ‘फेवातालको माथिल्लो तटिय सिमसार क्षेत्रको तल दलदल पानी र माथि माटो रहेको छ, ती ठाउँहरुमा पुरै परेर बस्ती बस्ने कार्य भइरहेकाले त्यसलाई तत्काल रोक्नुपर्छ । पोखरा ६ र १८ को सीमानामा सेती डाँडामा पहिरो खसेको, पोखरा ६ कै खहरेको डाँडा पुरै चिरिएकोले तत्काल उक्त ठाउँहरुको संरक्षण गर्नुपर्छ ।’

२८ करोडको लागतमा प्रदेश सरकार र नगरपालिकाको सहकार्यमा चेक ड्याम बनेको उल्लेख गर्दै उनले उक्त स्थानमा आउने ढुङ्गा, गिटी तथा वालुवाबाट प्रत्येक वर्ष करिव १३ करोड भन्दा बढी आम्दानी हुुने गरेको बताए । उनले भनेः ‘२८ करोडको लागतमा प्रदेश सरकार र नगरपालिकाको सहकार्यमा चेक ड्याम बनेको तर हर्पन खहरे खोलाबाट प्रत्येक वर्ष १ लाख ४२ हजार मेट्रिक्टन वालुवा, गिटी वगाएर ल्याई ताल पुर्दै गएको र अहिले सिल्ट्रेसन पोखरीमा जम्मा भएका छन् । प्राविधिकको कुरा अनुसार ति सिल्ट्रेसन पोखरीमा तीन तीन दिनमा वालुवा गिटी निकालिएन भने सिल्टेसन ड्याम नै फुट्ने खतरा रहेको छ । यसको व्यवस्थापन गर्न सवैले समयमा नै सचेत हुन जरुरी रहेको छ ।’

पोखरा २३ ठूला खेतमा कार्की तहरा डुणेको फाँटमा समेत वस्ती जोखिममा रहेको, सवै शाखा सडकहरु अवरुद्ध रहेकाले तत्काल खोलाई जनजीवन सामान्य बनाउनुपर्नेमा जोड दिँदै उनले पोखराका विभिन्न ठाउँहरुका सडकहरुमा खाण्डाखुल्डी रहेको र त्यसलाई पुर्न महानगरपालिका तथा केन्द्रीय सरकारसँगको सहकार्य तथा समन्वयमा प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

जनताको सरकार हो भनि आम नागरिकले अनुभूत गरेको दाबी

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सचिवालय सदस्य एवं पूर्व युवा संघ नेपालका अध्यक्ष समेत रहिसकेका पहारीले वर्तमान सरकारको प्रभावकारी पहल कदमीका कारण कोरोना संक्रमण नियन्त्रण हुने क्रममा रहेको जसले गर्दा जनताको सरकार हो भनि आम नागरिकले अनुभूति गरिरहेको बताए ।

नेपाल राष्ट्र बैंकले मौद्रीक नीति जारी गर्दै पर्यटन, यातायात, व्यापार व्यवसायीलगायतका सवै क्षेत्रहरुलाई चालु पुँजी कर्जा, सहुलियतपूर्ण कर्जा र पुनःकर्जा प्राथमिकता दिएको उल्लेख गर्दै उनले पर्यटनसँग सम्बन्धीत आयोजना निर्माण र समयमा नै सम्पन्न गर्न वैंक तथा वित्तिय संस्थाबाट सहज रुपमा ऋण प्रवाह गर्ने व्यवस्था गरेकोमा राष्ट्र बैंकलाई विशेष धन्यवाद समेत व्यक्त गरे । उत्पादन अभिवृद्धि, रोजगारी तथा उद्यमीलगायतका क्षेत्रमा ५ प्रतिशत व्याजदरमा ऋण उपलब्ध गराउने जानकारी गराउँदै उनले पर्यटन र यातायात कोभिडको सुरक्षालाई अपनाउँदै सञ्चालनको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds