पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध, तत्काल सडक पन्छाउन असम्भव

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध, तत्काल सडक पन्छाउन असम्भव

Mugling

गएरातिबाट परेको अविरल वर्षाका कारण नारायणगढ मुग्लिन सडकको चार किलो भन्ने स्थानमा पहिरो गएको छ । पहिरोले सवारी आवागमन अवरुद्ध भएको छ । पहिरो खस्ने क्रम बिहान पनि रोकिएको छैन । पानी परिरहेकाले तत्काल सडक पन्छाउन सक्ने अवस्था नरहेको नारायणगढ मुग्लिन सडक परियोजनाका इञ्जिनियर शिव खनालले जानकारी दिएका छन् ।

उनका अनुसार सडक पन्छाउन आज दिन भर लाग्न सक्नेछ । सो सडक भएर आवतजावत गर्ने सवारी साधनलाई वैल्पिक बाटो प्रयोग गर्न उनले आग्रह गरेका छन् । हरेक वर्षायाममा यो सडक यसरी नै बन्द हुने गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds