स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको लिगको अन्तिम खेलमा बार्सिलोनाले अलाभेसमाथि सानदार जित निकालेको छ । अलाभेसको मैदानमा भएको खेलमा बार्सिलोनाकाले अलाभेसमाथि ५-० को फराकिलो जित दर्ता गरेको हो ।
बार्सिलोनालाई सानदार जित दिलाउनको लागि कप्तान लिओनेल मेस्सीले २ गोल गरेका थिए । अन्य गोल अन्सु फाती, नेल्सन सेमेडो र लुइस सुआरेजको नाममा रहयो । पहिलो हाफमा नै ३-० को अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा २ गोल थपेको थियो ।
खेलको २४ औं मिनेटमा फातिले गोल गर्दै पाहुना टोली बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले कप्तान मेस्सीको पासमा गोल गरेका हुन् ।
त्यस्तै ३४ औं मिनेटमा मेस्सी रिकुइ पुइगको पासमा गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफ सकिन एक मिनेटमा बाँकी रहँदा सुआरेजले गोल गरे । उनले जोर्डी अल्बाको पासमा गोल गर्दै बार्सिलोनालाई पहिको हाफमा ३-० गोलको अग्रता दिलाए ।
दोस्रो हाफमा थप एक गोल सेमेडोले गरे । उनले खेलको ५७ औं मिनेटमा पुइगको पासमा गोल गर्दै ४-० को अग्रता दिलाए । ७५ औं मिनेटमा मेस्सीले अल्भाको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता ५-० को पारे । त्यसपछि दुबै टोलिबाट कुनै थप गोल हुन नसक्दा खेल बार्सिलोनाले ५-० गोलले जितेको हो ।
यस जितसँगै बार्सिलोनाले लिगको दोस्रो स्थानमा रहदै सिजनको अन्त्य गरेको छ । बार्सिलोनाले ३८ खेलमा ८२ अंक जोड्यो । पराजित अलाभेसले भने समान खेलबाट ३४ अंक जोड्दै तालिकाको १५ औं स्थानमा रहदै सिजनको अन्त्य गरेको छ ।
च्याम्पियन रियल बराबरीमा रोकियो
ला लिगाको च्याम्पियन रियल मड्रिड सिजनको अन्तिम खेलमा लेगानेससँग बराबरीमा रोकिएको छ । एक खेल अघि नै उपाधि जितेकको रियलले लेगानेससँग २-२ को बराबरी खेलेको हो ।
कोरोना भाइरस महामारीपछि मार्चमा फेरि लिग सुरु भएयता रियलले लगातार १० खेल जित्दै ३४औं पटक लिग उपाधि जितेको थियो । तर अन्तिम खेलमा भने रियलले अंक बाँडेको छ ।
लेगानेसको मैदानमा भएको खेलको नवौं मिनेटमा सर्गियो रामोसले गोल गर्दै रियललाई पहिले अग्रता दिलाएका थिए । ब्रायन गिलले पहिलो हाफको अन्तिम समयमा लेगानेसको लागि बराबरी गोल फर्काए । मार्को असेन्सिओले ५२औं मिनेटमा गोल गर्दै रियललाई फेरि अग्रता दिलाए । रोजर एसलले ७८औं मिनेटमा लेगानेसका लागि बराबरी गोल फर्काएका थिए ।
बराबरीपछि लेगानेस अन्तिम ३ मा रहेर रेलिगसनमा परेको छ । यसअघि नै च्याम्पियन बनेको रियलले ३८ खेलबाट ८७ अंक जोडेर लिग सकाएको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो