तनहुँका थप ८ जनाले जिते कोरोना, निको हुनेको संख्या १३७ पुग्यो

तनहुँका थप ८ जनाले जिते कोरोना, निको हुनेको संख्या १३७ पुग्यो

Corona Jitera farkidaina Abc

तनहुँ । तनहुँका थप ८ जनाले कोरोना भाइरसलाई जितेका छन ।

आज कोरोना जितेर घर फर्किनेमा व्यास नगरपालिकाका ५ जना, भानु नगरपालिकाका २ जना र म्याग्दे गाउँपालिकाका १ जना रहेको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए ।

आज डिस्चार्ज हुनेहरु व्यास-१ स्थित आदिकवि भानुभक्त क्याम्पसको आइसोलेसनमा बसेका थिए ।

योसंगै जिल्लामा निको भएर घर फर्किनेको संख्या १३७ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

त्यस्तै तनहुँमा कोरोना संक्रमितको संख्या १७३ जना पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ