पहिरोले बिहानदेखि अवरुद्ध आँबुखैरेनी-गोरखा सडकखण्ड एकतर्फी सुचारु

पहिरोले बिहानदेखि अवरुद्ध आँबुखैरेनी-गोरखा सडकखण्ड एकतर्फी सुचारु

Abukhaireni Gorkha sadak Pahiro 2

फाइल तस्बिर ।

तनहुँ । पहिरोका कारण अवरुद्ध बनेको आँबुखैरेनी-गोरखा सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । आँबुखैरेनी गोरखा सडक खण्डको फड्के खोलामा पहिरो गएको थियो । उक्त स्थान आँबुखैरेनीबाट ८ किलोमिटरको दुरीमा गोरखा तर्फ पर्दछ ।

आज आइतबार बिहान ७ गएको पहिरो तीनवटा जेसिभी र स्काभेटर प्रयोग गरेर ४ घण्टा पछि सडक एकतर्फी खुलाइएको हो । बाटो दुईतर्फी सञ्चालन गर्न अहिलेपनि पहिरो हटाउने काम भईरहेको गोरखाका जिल्ला ट्राफिक इन्चार्ज मित्रलाल ढकाल बताए ।

सडक माथि रहेको इट्टा भट्टाबाट आज बिहान पहिरो खसेको थियो । पहिरो जाने र फाल्ने क्रम भईरहेको हुँदा धेरै समय लागेको ढकालले जानकारी दिए ।

गोरखा नगरपालिका वडा नं. १२ मा पर्ने उक्त क्षेत्रमा अत्यधिक मात्रामा रहेको रातोमाटो रहेको हुँदा पहिरो पन्छाउन गाह्रो परेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds