चिनियाँ सोसल एप् टिकटकलाई सर्वाधिक प्रयोगकर्तामध्ये अगाडि रहेको देश भारतले प्रतिबन्ध लगाएको छ । नेपालमा भने यसको मज्जैले उपयोग गरिरहेका छन् । कतिले दुरुपयोग पनि गरेका छन्, उनीहरु कानुनी फन्दामा समेत परेका छन् । कास्कीका युवक अहिले टिकटकमा पोष्ट गरेको भिडियोकै कारण प्रहरी खोरमा जाक्किएका छन् । उनी ३ दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् ।
माछपुच्छ्रे गाउँपालिका वार्ड नं ४ लाहाचोक घर भएका १९ वर्षीय सुवास नेपालीले आफ्नो टिकटक आइडी (subashnepali20 जुन अहिले डिएक्टिभेट अवस्थामा छ) मा कुकुरलाई समातेर लगेर बैचरको भिरको डिलबाट तलतिर हुत्याइदिएको भिडियो पोष्ट गरे । भिडियो अर्काले खिचेका छन् । सयौंले उनको यो हर्कतबारे असहमति जनाउँदै कमेन्ट गरेका थिए । भाइरल बनाउने सोचले हालेको भिडियो भाइरल पनि भयो, भ्यूज पनि बटुल्यो तर यसको परिणाम उनले सोच्दै नसोचेको आयो । तर, पशु अधिकारकर्मी कमेन्ट गरेर मात्र चित्त बुझाएर बसेनन् । सिधै कानुनी उपचार खोजिहाले ।
गत असार २९ गते साँझ ६ बजेतिर सुवासले कुकुरलाई भिरबाट फालिदिएको खुलेको छ । पशु कल्याण संघ नेपालको अगुवाईमा स्नेहाज् केयर, आत्म उत्सर्ग लगायत पशुअधिकार क्षेत्रमा क्रियाशील संस्थाहरुले प्रहरीको सहयोग लिए । यो कार्य कास्कीका बासिन्दाले गरेको पत्तो लागेपछि साउन १ गते जाहेरी दर्ता गरे । यसलाई कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले पुष्टि गरेका छन् । कास्की प्रहरीले तुरुन्त अभियुक्त पक्राउ गरी ल्याएको र अनुसन्धान कार्य भइरहेको हमालले बताए ।
संघले घटनाको संवेदनशीलता र गम्भीरतालाई मनन् गरी अनुसन्धानमा तदारुकताका साथ काम गर्ने कास्की जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठ लगायत सम्पूर्णमा धन्यवाद समेत व्यक्त गरेको छ ।बयानमा सुवासले आफ्नी ठूलीआमाको घरमा पालेको कुकुरमा घाउ भएपछि सञ्चो नहुने ठानेर भिरबाट फालिदिएको बताइएको छ । सो घटनामा उनको ठूलीआमा र भिडियो बनाउने व्यक्ति समेत दोषी हुन सक्ने देखिएको संघको ठम्याई छ ।
पशु कल्याण संघ नेपालकी अध्यक्ष समेत रहेकी अधिकारकर्मी स्नेहा श्रेष्ठको यस्ता क्रुर प्रकारका घटनालाई क्षमा दिन नसकिने भन्दै जनावरलाई माया गर्नुपर्नेमा जोड दिएकी छिन् ।

के छ कानुनी व्यवस्था ?
पशु कल्याण ऐन अझै पनि नेपालमा बनिसकेको छैन । मुलुकी ऐनले नै कानुनी कारबाही हुने गर्छ । मुलुकी ऐन २०७४ अनुसार पशुजन्य हिंसा गर्नेलाई तीन महिनासम्मको कैद र पाँच हजारसम्मको जरिवानाको व्यवस्था छ।

सम्बन्धित खबर
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
स्वास्नी पाउन नसकेको थारो भनेपछि काकाकाकीको हत्या
पेस्तोल तथा गोलीसहित दुई भारतीय पक्राउ
अवैध सुनचाँदी कारोबार गर्ने ४ जना भारतीय नागरिक पक्राउ
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो