पर्वत – मादकपदार्थ सेवन गरी भएको घर झगडामा श्रीमतीको बन्चरो प्रहारबाट पर्वतमा एक ब्याक्ति घाइते भएका छन्।
पर्वत जिल्ला कुस्मा नगरपालिका वडा नं -९ कटुवाचौपारीस्थित मलामी डाँडामा श्रीमती बिजुला सुनारको बन्चरो प्रहारबाट श्रीमान बिष्णु सुनार घाइते भएका हुन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल पर्वत लगिएकोमा थप उपचारका लागि पोखरा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार श्रीमान विष्णु मदिरापान गरेर घरमा आई श्रीमतीसंग विवाद गर्न लागेका थिए । विवादले उग्र रुप लिंदै गएपछी बन्चरो लिएर श्रीमती माथी जाइलागेका उनलाई नाती सचिन आएर रोकेका थिए । नातीले हजुरबुवा बिष्णुलाई रोकिरहेका बेला श्रीमती बिजुलाले उल्टो श्रीमानमाथी टाउकोमा बन्चरो प्रहार गरेकी थिइन् ।
घटनामा तीनैजना घाइते भएका छन् । घटनाको जानकारी लगत्तै खटिएको प्रहरिको टोलीले तीनजनाको उद्दार गरी एम्बुलेन्स मार्फत जिल्ला अस्पताल लागेको थियो । सामान्य घाइते भएका श्रीमती र नाती आजै बिहान डिस्चार्ज भइसकेका छन् । टाउकोमा चोट लागेका कारण अस्पतालले सिटी स्क्यान गर्नुपर्ने बताएपछी श्रीमान बिष्णुलाई पोखरा रिफर गर्न लागिएको प्रवक्ता अधिकारीले गण्डक न्यूजलाई जानकारी दिए ।
सम्बन्धित खबर
आवासीय चिकित्सकको आन्दोलन : शुक्रबार देशभर ओपीडी बन्द
नयाँ वर्षमा स्नान गर्न पुगेकी एक महिला कालीगण्डकीमा बेपत्ता
पर्वतमा अन्तरजातीय विवाह गर्ने २८ जोडीलाई नगदसहित सम्मान
संरक्षण अभियन्ता आरके अदिप्त गिरी सम्मानित
पर्वतमा यसवर्ष आलु उत्पादन बढ्ने अनुमान
कालीगण्डकी कोरिडोर सडक : मालढुङ्गा–फर्से खण्ड कालोपत्र
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
भीमाद नगरपालिकाका प्रथम मेयर थापाको निधन