पोखरा । रोट्रयाक्ट नेपालमा प्रमुख (डिआरआर)को रुपमा रोटरी वर्ष २०२०-२१ का लागि पोखराका सन्जिव पौडेलले पदभार ग्रहण गरेका छन् ।
काठमाण्डौमा रहेको रोटरी हलमा २०७७ श्रावण ३ गते रोटरी नेपालका प्रमुख रोटरीयन राजीव पोख्रेलबाट सपथ ग्रहण तथा रोट्रयाक्ट नेपाल रोटरी वर्ष २०१९-२० को प्रमुख स्नेहा शाक्यबाट कोलार तथा गन लिएर पौडेलले आफ्नो पद समालेका हुन ।
उक्त कार्यक्रममा निवर्तमान डिआरआर स्नेहा शाक्यले आफ्नो कार्यकालमा सहयोग गरेकोमा आफ्नो कार्यकालको टिमलाई धन्यवाद सहित सन्जिव पौडेलको सफल कार्यकालको शुभकामना व्यक्त गरेकी थिइन ।
रोट्रयाक्ट नेपालले यस वर्षको थिम “क्रियटिङ्ग भ्यालु” को लक्ष्यलाई साकार पार्न ६ वटा क्षेत्रमा विशेष ध्यान दिएर काम गर्ने डिआरआर सन्जिव पौडेलले बताए ।
पौडेलले आफ्नो कार्यकालमा रोटरी नेपालको मिसन नेपालमा कुनै पनि बालबालिकाहरु लाई शिक्षाबाट बन्चित हुन नपरोश भन्ने हिसालले शैक्षिक स्तर विकासका लागि साक्षरता अभियान र दैनिक हुने सडक दुर्घटनालाई न्यूनीकरणका लागि रोड सेफ्टीको कार्यक्रम साथै युवाहरुलाई पेशागत विकास, सक्षमता, पब्लीक ईमेज र अन्तराष्ट्रिय स्तरमा युवाको मुल्यलाई उचाईमा पुर्याउने हिसाबमा काम गर्ने बताए ।
त्यस्तै नेपालमा रहेका विभिन्न संघ संस्थाहरुको सहकार्यमा नेपाल सरकारले लिएका लक्ष्यहरूलाई सफल पार्न साथ सहयाेग गर्ने पौडेलले बताए ।
नेपालमा रहेका १३२ वटै रोट्रयाक्ट क्लबले आ-आफ्नाे क्षेत्रमा सहयाेग गर्ने र यस वर्ष कम्तीमा १० प्रतिशतले नयाँ युवाहरुलाई क्लबमा आवद्ध गराई रोटरी मिसनलाई सफल पार्न प्रयास गर्ने पौडेलले बताए ।
कार्यक्रममा प्रमुख अतिथि राेटरी नेपालका डिष्टिक गभर्नर राजिव पाेख्रेल, डिष्टिक राेटर्याक्ट कमिटि चियर सुवास सिग्देल, पुर्व राेट्रयाक्ट नेपालका प्रमुख तथा अन्य डिष्टिक टिमका पदाधिकारीकाे उपस्थिति रहेकाे थियाे ।
साथै कार्यक्रम फेसबुक लाईभ, जुम तथा इन्टरनेटका माध्यमबाट देशभरका रोट्रयाक्टका सदस्यहरू सहभागि भएका थिए ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु