कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ खोराको मुख, पाखा भन्ने स्थानमा शुक्रबार बिहान आएको पहिरोले ८ घर परिवार विस्थापित भएका छन् ।पहिरोका कारण यी परिवारका झण्डै चार दर्जन बिचल्लीमा परेका छन् ।
वडाध्यक्ष कृष्ण दवाडीका अनुसार पहिरोमा परी तीन नातिनातिनी गुमाएका प्रेमराज बिकको ४ जना सहित ८ परिवारका ४३ जना विस्थापित भएका हुन् । छिमेकीहरु डिलबहादुर विकको ८ जनाको परिवार, रबिलाल बिक, नारायण बिक र जसबहादुर विकको ६-६ जना, चित्रबहादुर विकको ५ जना, आइबहादुर बिक र डिलबहादुर बिकको ४-४ जना गरी ४३ जना विस्थापित भएको दवाडीले बताए ।
उनीहरुले अहिले सुरक्षित स्थानमा छन् । सामुदायिक विद्यालयमा राख्ने भनिएपनि नमानेको कारण दुई परिवार सामुदायिक भवनमा र बाँकी ६ परिवार आफन्तकोमा बसेको उनले बताए । शुक्रबार बिहानको पहिरोमा परि ३ जना बालबालिकाको ज्यान गएको थियो ।
फोटो/भिडियो: पर्शुराम अधिकारी
थप न्यूजः
कास्कीको माछापुच्छ्रे खोराको मुखमा पहिरो जाँदा एकै परिवारका ३ बालबालिकाको मृत्यु
सम्बन्धित खबर
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ