पोखरा । लमजुङमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितहरु १९ महिनादेखि ७४ वर्ष उमेर समूहका छन् । उनीहरु सबैको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो । लमजुङको ५ स्थानीय तहमा नयाँ कोरोना संक्रमित फेला परेका हुन् ।
कोरोना संक्रमण पुष्टि हुनेमा लमजुङ मस्र्याङ्दी गाउँपालिकाका ६ जना, दोर्दीं गाउँपालिकाका ४ जना, राइनास नगरपालिका ६ जना पुरुष र १९ महिने बालिकासहति २ महिला, दूधपोखरीका ३८ वर्षीय एक पुरुष, क्वोलासोंथरका २ जना पुरुष र बेंसीसहरका ४७ वर्षीय एकजना पुरुष छन् ।
संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी स्वास्थ्य निर्देशनालय प्रमुख डा. विनोनविन्दु शर्माले जानकारी दिए ।
यसअघि शुक्रबार बिहानमात्रै गण्डकीमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २७८ पुगेको छ । जसमध्ये ९२५ जना कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्किइसकेका छन् ।
गण्डकीमा ४ जना पुरुषको कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा, बागलुङ र स्याङजाका छन् ।

सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो