पोखरा, १ साउन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले छुट्टै कोरोना उपचार केन्द्रको व्यवस्था गरेको छ । अस्पतालमा कोरोना संक्रमितको उपचार गर्दा अन्य विरामीमा त्रास सृजना भएको भन्दै अस्पतालले कोरोना संक्रमितका लागि छुट्टै उपचार केन्द्र व्यवस्था गरेको हो ।
४० जना कोरोना संक्रमितको उपचार गर्ने क्षमताको उपचार केन्द्र संचालनमा ल्याइएको छ ।अस्पतालमा कोरोना संक्रमितको उपचार गरिएपछि अन्य विरामी उपचारका लागि जान छाडेका थिए । ‘अब डराउनु पर्दैन, निर्धक्क उपचार सेवाका लागि अस्पतालमा आउन सक्नुहुन्छ, अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले भने, कोरोना संक्रमितका लागि छुट्टै उपचार केन्द्रको व्यवस्था भएको छ ।’
अस्पतालबाट छुट्टै राखिएको उपचार केन्द्रको प्रवेशद्वार पनि अलग छ । उपचारमा खटिने स्वास्थ्यकर्मीको टोली पनि छुट्टै छ । आइसियु, अप्रेशन र प्रसुती सेवा सहितको उपचार केन्द्रका लागि १२ जना स्वास्थ्यकर्मीको टोली रहेको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना डेडिकेटेड अस्पतालमा सूचिकृत गरेपछि प्रिआइसोलेशन र आइसोलेशन वार्ड निर्माण गरी सेवा दिदै आएको थियो ।
सम्बन्धित खबर
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो