कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ स्थित खोराकोमुख, पाखा भन्ने ठाउँमा पहिरो जाँदा एकै परिवारका ३ जना बालबालिकाको घटनास्थलमै मृत्यु भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण प्रेमराज विकको घर पछाडिबाट पहिरो खस्दा बिकका तीन नातिनातिनीको मृत्यु भएको हो ।
पहिरोमा परी ज्यान गुमाउनेमा १६ वर्षीय कुशल बिक, १६ वर्षीया रोजिना बिक र १४ वर्षीय समीर बिक रहेको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए । उनीहरु सुतेको कोठामाथि पहिरो खसेको थियो । घरको २०० मिटर माथिबाट झरेको पहिरोले घर बगाएको हो । ढुङ्गा माटोले बनेको कच्ची घरको तीन वटा कोठा पहिराले बगाएको हो ।
मृतक ३ बालबालिका प्रेम बिकका ३ छोराका छोराछोरी हुन् । कुशल माइला छोराका छोरा हुन् । रोजिना जेठो छोराकी छोरी हुन् भने समिर कान्छा छोराका छोरा हुन् । माइला छोरा हेम्जामा बस्छन् । कान्छी बुहारी समिर घरमा छाडेर अर्को बच्चाका साथ माइत गएकी छन् ।
राति घरमा ६ जना सुतिरहेको अवस्थामा पहिरो खसेको थियो । बाँकी ३ जना शकुसल रहेको प्रवक्ता हमालले बताए । घटनास्थलमा प्रहरीको टोली पुगेर शव बाहिर निकालिसकेको छ । वडा प्रहरी कार्यालय बगरबाट इन्स्पेक्टर मुक्तिनाथ सापकोटाको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल र कास्की प्रहरी प्रमुख जीवनकुमार श्रेष्ठ समेत घटनास्थलतर्फ गएको प्रवक्ता हमालले जानकारी दिए ।
सम्बन्धित खबर
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो