असार २६ गतेको अविरल वर्षका कारण तिन ठाँउमा भत्कीएको विजयपुर नहर समयमा नै मर्मत हुन नसक्दा किसानले समयमा नै रोपाई गर्न पाएका छैनन् ।
असारको अन्तिमसम्ममा रोपाई गरिसक्ने किसानले साउन लाग्दाँसम्म पनि रोपाई गर्न नपाउदा चैते धान र मकै खेती भएको खेत बाझौ हुने हो की भन्ने चिन्ताले यस क्षेत्रका किसानहरु चिन्तीत भएका हुन् ।
पोखरा महानगरपालिका वडा नं २६,२७,२९ र ३० को करिव १२८०हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पु¥याउदै आएको विजयपुर नहरको मर्मतमा गण्डकी प्रदेश सरकार अन्तरगतको जल स्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयले चासो नदिदा मर्मत कार्यमा ढिलाई भएको आम किसानहरुको गुुनासो रहेको छ ।
अविरल बर्षाका कारण विजयपुर नहर खण्डको रातो पहिरोमा करिव एक सय मिटर लम्वाईको नहर भसिएको छ भने धर्तीफाँटामा करिव ४० मिटर नहर चिरिएको र कुहिरे भिरखण्डको १० मिटर नहर भत्कीएको विजयपुर नहर उपभोक्ता समितिका अध्यक्ष प्रयागराज भण्डारीले जानकारी दिएका छन् ।
भत्कीएको नहरको प्रदेश सासंद दिपक कोईराला लगाएतले स्थलगत अवलोकन गरेपनि जल स्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयलको तर्फबाट समयमा नै लागत स्टमेट ननिकालेका कारण नहर मर्ममा ढिलाई भएको हो ।
सम्बन्धित खबर
वालिङ्बाट लागूऔषधसहित पोखराका गुरुङ पक्राउ
राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो