पोखरा । युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा (सुनार)ले खेलकुद पत्रकार केशव पाठकलाई खेलकुद पत्रकारिता पुरस्कार २०७६ बाट सम्मान गरेका छन् ।
पहिरोमा पहिरो घाइते भएका तथा विभिन्न विकास निर्माणको कामको अवलोकनका लागि पोखरा आएका मन्त्री विश्वकर्माले पाठकलाई सम्मान गरेका हुन् । गत असार २२ गते कारणवश मन्त्रालयले आयोजना गरेको कार्यक्रममा पुग्न नसकेका पाठकलाई पोखरामा उनी पोखरा आएको बेला सम्मान गरेका हुन ।
सो अवसरमा मन्त्री विश्वकर्माले राजधानी बाहिर पहिलो पटक पाठकलाई यो सम्मान प्रदान गर्न पाउँदा खुसी लागेको बताए । उनले सम्मान प्रदान गर्दै पाठकको खेल पत्रकारिताको सफल जिवनको कामना समेत गरे । पाठकले सम्मानपत्र सहित नगद ५० हजार प्राप्त गरेका छन । पाठक सहित चार जनाले यो पुरस्कार प्राप्त गरेका छन् ।

साढे दुई दशक देखि पोखरा र काठमाण्डौमा रहेर खेलकुद पत्रकारिता गरिरहेका पाठकले पहिलो पटक यो सम्मान पाएका हुन । २०५९ सालमा गठन भएको नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका संस्थापक समेत रहेका उनी नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका संस्थापक अध्यक्ष तथा हाल सल्लाहकार रहेका छन् ।
गत वर्ष मंसिरमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा प्रचार प्रशार तथा प्रकाशन समितीको संयोजकको सफल भूमिका निर्वाह गरेका पाठक ‘पोखरा स्पोर्टस डटकम‘ का सम्पादक तथा पोखरा न्युजका कार्यकारी सम्पादकका रुपमा कार्यरत रहेका छन् ।

सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने