हात, खुट्टा, टाउको काटिएको अवस्थामा ‘पठाओ’का सहसंस्थापक मृत फेला

हात, खुट्टा, टाउको काटिएको अवस्थामा ‘पठाओ’का सहसंस्थापक मृत फेला

death

एजेन्सी । राइड सेयरिङ कम्पनी ‘पठाओ’का सहसंस्थापक मृत फेला परेका छन् । ‘पठाओ’का सहसंस्थापक फहिम सलेह मंगलबार न्यू योर्कको आफ्नै अपार्टमेन्टमा शरीरका अंगहरु काटेर टुक्रा टुक्रा पारिएको अवस्थामा भेटिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनका हात, खुट्टा, टाउको काटिएको छ । उनको शरीरको नजिकै एउटा विद्युतिय काट्ने औजार समेत भेटिएको छ ।

उनको मृत्यु कसरी भयो भन्नेबारेमा प्रहरीले आधिकारीक धारणा सार्वजनिक गरेको छैन । तर युवा उद्यमी सलेहले स्थापना गरेको कम्पनी गोकाडाले उनको मृत्युको पुष्टि गर्दै ट्विट गरेको छ ।

‘हाम्रा संस्थापक तथा सीईओ फहिम सलेहको असामयिक मृत्युले हामी मर्माहित भएका छौँ,’ कम्पनीले बुधवार ट्विट गरेको छ ।

३३ वर्षीय सलेह सन् १९८६मा साउदी अरबमा जन्मेका थिए । उनको परिवार पछि अमेरिका सरेको थियो ।

सन् २०१५ मा उनले दुई जना साथीहरूसँग मिलेर बंगलादेशमा राइड सेयरिङ कम्पनी पठाओ खोलेका थिए । पठाओ बंगलादेशमा निकै लोकप्रिय छ । सोही नाममा नेपालमा पनि राइड सेयरिङ कम्पनी दर्ता भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ