किरण श्रेष्ठ, तनहुँ । तनहुँको व्यास नगरपालिका र म्याग्दे गाउँपालिकामा पहिरोले पुरिएर ज्यान गुमाएकाको परिवारलाई राहत रकम वितरण गरिएको छ ।
सोमबार पहिरोले पुरिएर ज्यान गुमाएकाको परिवारलाई संघ(केन्द्र) सरकारको तर्फबाट जिल्ला प्रशासन कार्यालय तनहुँ र गण्डकी प्रदेश सरकारले राहत रकम वितरण गरेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले जानकारी दिए ।
व्यास-९ का माझँफाटकी वर्षिया सुकमाया घर्ति, व्यास-११ का ५२ वर्षीय पदम बहादुर भुजेल(चेपाङ्ग) र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडाकी १५ वर्षीया लक्ष्मी विकको पहिरोले पुरिएर मृत्यु भएपछि प्रशासन कार्यालय तनहुँले संघ सरकारको तर्फबाट जनही एक लाखका र प्रदेश सरकारको तर्फबाट गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रि हरि बहादुर चुमानले ५० हजार बुधबार मृतकका परिवारलाई हस्तान्तरण गरेको हो ।

आइतबार रातिदेखिको अविरल वर्षाका कारण गएको पहिरोले पुरिएर जिल्लामा ११ जनाले ज्यान गुनाएका छन् । त्यस्तै १ जना अझै बेपत्ता रहेका छ्न भने २ जना घाइतेको पोखरामा उपचार भईरहेको छ ।
प्राकृतिक प्रकोपबाट मृत्यु हुनेलाई एक लाख प्रदान गर्ने संघ सरकारको नीति र गण्डकी प्रदेश सरकारको जनही ५० हजार प्रदान गर्ने नीतिबमोजिम ३ जनालाई जनाहो १ लाख ५० हजारका दरले गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रि हरिबहादुर चुमानले आफन्तहरुलाई हस्तान्तरण गरेका थिए ।
सो क्रममा मन्त्री चुमानले जनताको दुःखमा सरकारले केही राहत पुगोस भनेर रहात रकम उपलब्ध गराइएको बताए ।
पहिरोमा परेर घाइते भएकाको पोखरामा निशुल्क उपचार भईरहेएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले बताए । उनले भने ‘घाइतेको उपचार खर्च आन्तरिक मामिला मन्त्रालयले बेहोर्ने छ । ‘
जिल्लामा अहिलेसम्म पहिरोमा पुरिएर ११ जनाले ज्यान गुमाइसकेको र अझै १ जना बेपत्ता रहेको प्रजिअ अधिकारीले बताए ।

स्थानिय संगै नेपालि सेना, प्रहरी र एक्साभेटर समेत प्रयोग गरेर बेपत्ताको खोजि कार्य भईरहेको प्रजिअ अधिकारीले जानकारी दिए ।
‘पहिरोमा पुरिएर बेपत्ता भएका व्यास नगरपालिका-९ का एक जनाको खोजि हुदैछ ।’ प्रजिअ अधिकारीले भने ‘उनका बुबा केशरबहादुर थापा पोखरामा उपचार गराइरहेकाले यहाँ नजिकको आफन्त कोहि नभएको हुँदा उनलाई अस्पतालमै पुगेर रहात रकम हस्तान्तरण गरिन्छ ।’
तनहुँको ऋषिङ गाउँपालिका–८ भैँसीकिलेमा सोमबार पहिरोमा पुरिएर ज्यान गुमाएका एकै परिवारका ५ जनाको आफन्तलाई जिल्ला प्रशासन कार्यालय तनहुँले मंगलबार नै राहत रकम वितरण गरेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले जानकारी दिए ।
उक्त रहात वितरण कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रि हरिबहादुर चुमान संगै प्रदेश सांसदहरु आशा कोइराला, राम बहादुर गुरुङ, सरिता गुरुङ र डोबाटे विक लगाएतको उपस्थिति रहेको थियो ।
तनहुँमा पहिरो अपडेट: पुरिएर ज्यान गुमाउने ११ जना
पहिरोमा परी १२ जना हराएका मध्ये ११ जनाको शव पहिरोबाट निकालि सकिएको र एक जना बेपत्ताको खोजि भईरहेको छ ।
तनहुँको ऋषिङ गाउँपालिकाका एकै परिवारका ५ जना, व्यास नगरपालिकाका ५ जना र म्याग्दे गाउँपालिकाका १ जना गरि अहिलेसम्म कुल ११ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ ।
पहिरोमा ज्यान गुमाउनेहरुमा तनहुँको ऋषिङ गाउँपालिका–८ पल्ट्याङस्थित भैसीकिलेमा राती १ बजे घरमाथि रहेको सडकबाट खसेको पहिरोले आम बहादुर थापाको घर बगाउदा पहिरोमा पुरिएर थापाका दुई छोरा, दुई बुहारी र एक नातिनीको मृत्यु भएको हो ।

आम बहादुर थापाका साहिँला छाेरा ३० वर्षीय भेषबहादुर थापा, २७ वर्षिया बुहारी नानुमाया थापा, ६ वर्षिया नातिनी छाेरी अमिषा थापा, कान्छा छाेरा २२ वर्षीय महादेव थापा र कान्छी बुहारी १९ वर्षिया मनिसरा थापाको मृत्यु भएको हो ।
त्यस्तै व्यास नगरपालिका–९ माझफाँटमा पहिरोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ । स्थानीय केशरबहादुर थापाको घर पहिरोले पुरिँदा उनकी श्रीमती ४० वर्षीया कमला, छोरा २४ वर्षीय मनोज थापा र बुहारी २१ वर्षीया अन्जना थापाको मृत्यु भएको हो ।
त्यस्तै व्यास नगरपालिका–९ माझफाँटमै पहिरोले पुरिएर ७० वर्षीया सुकमाया घर्तीको पनि मृत्यु भएको छ । त्यसैगरी व्यास–११ ओडारेका ५२ वर्षीय पदम बहादुर भुजेल(चेपाङ)को पनि पहिरोमा पुरिएर मृत्यु भएको छ ।
त्यस्तै म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडाकी १५ वर्षीया लक्ष्मी विकको पनि पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
एक जना अझै बेपत्ता
पहिरोमा पुरिएर व्यास-९ माझँफाटका एक जना अझै बेपत्ता रहेका छ्न । माझँफाटमा २० वर्षीय राजेश थापा लाई अझै भेटाउन सकिएको छैन । सोमबार, मंगलबार र बुधबार पनि स्थानिय, प्रहरी, सेना र एक्साभेटर प्रयोग गरेर खोजि गर्दा समेत भेटाउन नसकिएको व्यास-९ का वडाअध्यक्ष सुरेश थापाले जानकारी दिए ।

तीन दिन लगातार खोजि गर्दा समेत भेटाउन सकिएको छैन । राजेशको खोजि कार्य जारी राख्ने वडाअध्यक्ष थापाले बताए ।
२ जना घाइतेको पोखरामा उपचार हुँदै
पहिरोमा परे घाइते भएका जिल्लाको ऋषिङ गाउँपालिकाका १ जना महिला र व्यास नगरपालिकाका १ जना पुरुषको पोखरा उपचार भईरहेको छ ।
घाइते हुनेमा ऋषिङ गाउँपालिका–८ पल्ट्याङस्थित भैसीकिलेकी ५८ वर्षिया ज्योती थापा हुन् । थापाको हात भाँचिएको छ । त्यस्तै अर्का घाइते व्यास-९ माझँफाटका ५० वर्षीय केशरबहादुर थापाको खुट्टा भाचिएको छ ।
दुबै जनाको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले जानकारी दिए ।
यो पनि…
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने