पोखरा । होटल देखाउन भन्दै एक १४ वर्षीया किशोरीलाई होटलमा लगेर बलात्कार गर्न खोज्नेहरु प्रहरी फन्दामा परेका छन् ।
मंगलबार बिहान साढे ६ बजेतिर चार युवकहरु ग १ च ७७४५ गाडीमा बाग्लुङ बसपार्क पुगेका थिए । आरोपीहरु अन्नपुर्ण गाँउपालिका वडा नं.१० घर घान्द्रुक घर भई हाल अन्नपूर्ण वडा नं.३, काँडे बस्ने बर्ष २४ को कपिल गुरुङ, अन्नपूर्ण ३ काँडेकै २२ वर्षीय योगेश थकाली, माछापुच्छ्रे ७ धम्पुस घर भई अन्नपूर्ण ३, काँडे नै बस्ने १९ वर्षीय पुकार गुरुङ र काँडे नै बस्ने १८ वर्षीय शुशल गुरुङलाई नियन्त्रणमा लिइएको छ ।
उनीहरुले १४ वर्षीया किशोरी मेडिकल अगाडि देखेपछि होटल देखाइदेउ न भन्दै गाडीमा चढाएर किशोरीलाई लगेका थिए । प्रहरी श्रोतका अनुसार दुई जना भने यौन क्रियामा संलग्न हुन पाइनसकेको श्रोतले जनाएको छ ।
मंगलबार बिहानको समयमा लेकसाइड स्थित एक होटलमा लगेर पालैपाले जबर्जस्ती शारीरिक सम्पर्क राख्न खोजेका थिए । उनीहरुबाट उम्कन सफल भई किशोरीले बुबालाई खबर गरेकी थिईन् । त्यसपछि किशोरीका बुबाले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीकहाँ सूचना पुगेको थाहा भएपछि पर्वततिर भागेका उनीहरुलाई नागडाँडाबाट पक्राउ गरेको हो । कास्की प्रहरीले औपचारिक रुपमा यसबारे बोलेको छैन ।
सम्बन्धित खबर
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम