पोखराको हर्पन खोला ड्याममा डुबेका युवकको शव फेला

पोखराको हर्पन खोला ड्याममा डुबेका युवकको शव फेला

sab vetiyo

पोखरा महानगरपालिका वडा नम्बर २३ घाँटीछिना नयाँ बस्ती नजिकै हर्पन खोला ड्याममा पौडी खेल्ने क्रममा डुबेका युवकको शव फेला परेको छ ।

बाढी पहिरोले देशमै वितण्डा मच्चाइरहँदा शुक्रबार दिउँसो ४ बजेतिर बढेको खोलामा आफ्ना साथीसँग ड्याममा पौडी खेल्ने क्रममा डुबेका पोखरा(२७ लेखनाथ सुन्दरीबजारका २१ वर्षीय प्रयुश गुरुङको शव मङ्गलबार फेला परेको हो ।

सशस्त्र, प्रहरी र स्थानीयले संयुक्त टोलीले खोजी गर्ने क्रममा मङ्गलबार दिउँसो गुरुङ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए । लगातार ४ दिन देखि टोलीले खोजी गर्दै आएकोमा मङ्गलबार जाल हानेर खोजी गर्दा उनको शव भेटिएको डिएसपी हमालले बताए ।

गुरुङको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएपछि परिवारले शव बुझेका छन् ।

हर्पन खोला ड्याममा पौडी खेल्दा डुबेका पोखराका प्रयुश आज पनि भेटिएनन्

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ