गण्डकी प्रदेशमा बाढीपहिरोको क्षति, पाँच दिनमा ५३ जनाको ज्यान गयो

गण्डकी प्रदेशमा बाढीपहिरोको क्षति, पाँच दिनमा ५३ जनाको ज्यान गयो

Pokhara Pahiro 077

एकसाता नपुग्दै गण्डकी प्रदेशका विभिन्न जिल्लामा बाढिपहिरोले ५३ जनाको ज्यान लिएको छ भने अझै ६ जना बेपत्ता छन् । पछिल्लोपटक स्याङजामा मंगलबार बिहानको पहिरोले तीनजनाको ज्यान लिएको छ भने एकजना हराएका छन् । पाँचदिन अवधिमा प्रदेशले ठूलो मानवीय क्षति भोग्नु परेको हो ।

मंगलबार बिहान साढे ९ बजेतिर खसेको पहिरोले स्याङजामा बाढीको क्षति अनुगमन गर्न हिडेको टोलीलाई बगाएको थियो । स्याङजाको कालिगण्डकी गाउँपालिका–४ बिर्घास्थित खहरेमा पहिरो जाँदा पुरिएका उनीहरुमध्ये तीनजनाको मृत्यु भएको र एकजना अझै बेपत्ता रहेको स्याङजा प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा कालिगण्डकी–४ का ७२ वर्षीय इमानसिंह राना, ५० वर्षीय टीकाबहादुर थापा र ६० वर्षीय जिमानसिंह थापा रहेका छन् । पहिरोमा हराईरहेका ६५ वर्षीय प्रेमचन्द्र पाण्डेको खोजी भईरहेको छ । पहिरोले बगाएका उनीहरुमध्ये रानाको उपचारको क्रममा मृत्यु भएको थियो भने टीकाबहादुर र जिमानसिंहको दिउँसो अबेर मात्र शव फेला परेको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds