पोखरा । पोखरा जेसीजले भानुजयन्तीको अवसरमा पोखरा महानगर पालिका वडा नं ३३ चिसापानी कुना स्थित सामुदायिक पार्क तथा सामुदायिक भवनको परिसरमा वृक्षारोपण गरेको छ ।
जेसीजले पार्क र भवन परिसरमा २०० विभिन्न जातका विरूवा र १०० वटा फलफुलका विरूवा रोपेको छ ।
सो कार्यक्रम पोखरा महानगरपालिका वडा नं ३३ वडा अध्यक्ष शिव प्रसाद आचार्यलाई फलफुलको विरूवा हस्तान्तरण गर्दै वृक्षारोपण गरी कार्यक्रम शुभारम्भ गरिएको थियो ।
सो अवसरमा वडाअध्यक्ष आचार्यले महत्वपूर्ण कार्य हिजोका दिनहरूमा स्वास्थ्य संस्था निर्माण, स्वास्थ्य सचेतना तथा परिक्षण देखि भानुजयन्तीको पवित्र दिनमा पोखरा महानगर पालिका वडा नं ३३ लाई रोजेकोमा संस्था प्रति आभार व्यक्त गरेका थिए ।
संस्थाको चारवटा विकासक्षेत्र मध्यको सामुदायिक विकास क्षेत्र लक्षित गरी उक्त कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ ।
विरुवाको संरक्षण र सम्वर्धनको जिम्मा वडा नं ३३ , स्थानीय वासी, टोलविकास संस्थाहरू, आमा समुह, युवाक्लब र समुदायमा रहेका नागरिकको रहेको हुँदा संरक्षण गर्न अनुरोध गरेका थिए ।
सो कार्यक्रममा पोखरा जेसीज तथा नेपाल जेसीज पूर्वअध्यक्ष सिनेटर विकल शेरचनले वातावरण संरक्षणमा यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताए ।
त्यस्तै जेसीज पोखरा जेसीज वर्ष २०२० का अध्यक्ष शिव सापकोटाको अध्यक्षतामा भएको थियो ।
उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष सन्तोष शाही, पूर्वअध्यक्षहरू सिनेटर नारायण शर्मा, शिव कोईराला बोर्डका पदाधिकार तथा साधारण सदस्य र स्थानीयको सहभागिता रहेको थियो ।
कार्यक्रम संयोजक अर्जन प्रसाद अधिकारीले आस्थापाठ, तिलक लामिछानेले स्वागत, कार्यक्रम संयोजक विजय वराल धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रम संचालन पोखरा जेसीजका महासचिव अनन्त प्रधानाड़्गले गरेका थिए ।
सम्बन्धित खबर
राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
नवग्रह मन्दिरमा एक करोड २५ लाख दीप प्रज्वलन गरियो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम