गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले कास्की जिल्ला फुटबल संघको छानविन गर्न बनाएको समितिले एन्फा कास्कीमा आर्थिक अनियमितता रहेको निश्कर्ष निकालेको छ ।
एन्फाका उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा लेखा विज्ञ विष्णुप्रसाद पराजुली र कास्कीका पूर्व अध्यक्ष आनन्द रञ्जित सदस्य रहेको छानविन समितिले एन्फा कास्कीभित्र अनियमितता रहेको निश्कर्ष निकाल्दै कार्वाहीका लागि एन्फालाई सिफारिस गरेको हो । छानविन समितिको निश्कर्षबारे भने अहिल्यै सार्वजनिक गर्न नमिल्ने उनले बताए । तर, घुमाउरो भाषामा दिएको उनको अभिव्यक्तिले अनियमितता प्रष्ट रहेको देखिन्छ ।
छानविन समितिले सोमबार पोखरामा पत्रकार भेटघाट गरि अनियमितताबारेको छानविन सकिएको बताएको छ । पत्रकार भेटघाटमा समितिका अध्यक्ष खड्काले छानविन सकेर प्रतिवेदन तयार पारेको र सो प्र्रतिवेदन एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई बुझाईने बताए ।समितिको निश्कर्ष एन्फा अध्यक्षलाई बुझाएपछि मात्रै यसबारे बोल्न मिल्ने उनको भनाई छ । हामीले कसैलाई बचाउनुपनि छैन, अनि फसाउनुपनि छैन,‘उनले भने,‘छानविनका क्रममा हामीले जे देख्यौं, त्यसलाई जस्ताकोतस्तै ईमान्दारिताका साथ राखेका छौं ।’
यहि असार १७ गतेबाट छानविन थालेको टोलीले ११ दिन लगाएर छानविन सकेको हो । यति समय लगाएर गरिएको छानविनका क्रममा १८ वटा शीर्षकमा करीब २९ लाख रुपैयाँ अनियमितता भएको देखिएको श्रोतले बताएको छ । पत्रकार सम्मेलनमा उनले अध्यक्ष मिलन गुरुङ विरुद्ध अनियमितताको प्रयाप्त आधारहरु रहेकोले नै आफुलाई छानविनको जिम्मेवारी सुम्पिएको बताउँदै भने–“ अनियमितता छ वा छैन भनेर अहिल्यै सबै कुरा भन्न मिल्दैन । अनियमितता भएरै एन्फाले छानविन समिति बनायो, हामीपनि अनियमितता भएकैले छानविनमा जुटेका हौं, अहिलेलाई यत्ति बुझ्नुस् । यदि सवै राम्रो हुन्थ्यो भने म यहाँ छानविन गर्न आउन पर्ने नै थिएन, न त छानविनका लागि समिती नै गठन गर्नु पथ्र्यो । यहाँ घोटाला भएका प्रशस्त प्रमाणहरु छन, जसलाई हामीले प्रतिवेदनमा लिपीवद्ध गरेका छौं, कारवाही गर्ने अधिकार केन्द्रीय समितीमा निहित छ, हामी कोही व्यक्ति विशेषलाई बचाउन पोखरा आएका होइनौ” उनले भने ।
समितिका सदस्य विष्णुप्रसाद पराजुलीले एन्फा कास्कीमा धेरैनै कमी कमजोरी रहेको बताए । दुई दुई वर्ष सम्म साधारण सभा नहुनु, संस्था नविकरण समेत नगरिनु, कुनै पनि विल भर्पाइहरु नियमसंगत रुपमा नराख्नु र त्यसबारे एन्फा केन्द्र बेखवर बन्नुले अनियमितता हुनु स्वाभाविक रहेको उनले जनाए । उनले कुनै पनि संस्था नविकरण र साधारण सभा नभईकन कसरी अगाडी बढ्न सक्छ भन्ने प्रश्न गर्दै एन्फा कास्कीमा धेरै गलत कुराहरु हावी रहेको बताए । उनले भने–“२–२ वर्ष सम्म वार्षिक अडिट र साधारण सभा नहुँदा पनि एन्फा कास्कीलाई नविकरण भएको जस्तो गरि केन्द्रबाट रकम सहयोग भइरहनुले पनि एन्फा केन्द्र दोषी छ ।” कतिपय बिल फर्जी नै भनिहाल्न नमिल्ने भएपनि विधिसम्मत नदेखिएको पाइएकाले त्यस्तो बिललाई समितिले रिजेक्ट गरेको उनको भनाई छ । समितिले अनियमिततामा अध्यक्ष मिलन गुरुङ दोषी ठहर गरेको छ । मिलनमाथि दोषी करार गरिएपनि उनलाई कस्तो कार्वाही गर्ने भन्नेबारेमा भने समिति मौन छ ।
छानविन टोलीले २०७५ फागुनमा सञ्चालन भएको छैटौ मनकामना गोल्ड कपमा २९ लाख १७ हजार २९० रुपैयाँ घाटा भएकोे जनाएको छ । प्रतियोगितामा ९२ लाख ९८ हजार १६४ रुपैया खर्च भएको जनाएको छानविन टोलीले ६३ लाख ८० हजार ८७४ रुपैयाँ आम्दानी भएको जनाएको छ । मनकामना कपको मात्रै ३७ लाई रकम तिर्न बाँकी रहेको छानविन टोलीका संयोजक खडकाले जनाएका छन ।
यसैगरी, जिल्ला लिगमा समेत एन्फा कास्कीले केही आम्दनी गरेको देखिएपनि त्यसको रकमहरु वैकमा मौज्दात नदेखिएको जनाएको छ । उपाध्यक्ष खडकाले सबै हिसाव कितावहरु यथासिघ्र फर फारक गर्न निर्देशन समेत दिएको बताए ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने