पोखरा महानगरपालिका वडा नं. १ स्थित आई.सिंह पुल नजिक ढलेको अबस्थामा गत असार २४ गते फेला परेको पुरुषको अझै पहिचान खुल्न सकेको छैन । दिउँसो सवा ३ बजेतिरको समयमा पोखरा स्थित बिभिन्न स्थानमा वेवारिसे अवस्थामा हिँड्ने एकिन नामथर वतन नखुलेको वर्ष अन्दाजी ४० को निम्न हुलिया भएको पुरुष ढलेको अवस्थामा फेला पारेको थियो ।
स्थानिय प्रहरीले तत्काल पश्चिम क्षेत्रिय अस्पताल पोखरामा लगिएकोमा अस्पतालबाट मृत्यु भईसकेको भन्ने सुचना प्राप्त भएको र हालसम्म पनि मृतकको पहिचान नखुलेकोले कोही आफन्त वा चिनजानको ब्यक्ति भए यस कार्यालयमा सम्पर्क राख्न जिल्ला प्रहरी कार्यालय कास्कीले अनुरोध गरेको छ ।
हुलियाः
वर्ण गहुँगोरो, पातलो शरिर भएको, मंगोलियन अनुहार भएको, कालो छोटो कपाल, हल्का दाह्री जुँगा पालेको, बैजनी रंगको हाफ टि–सर्ट, कालो ज्याकेट, निलो (पुरानो) जिन्स पाईन्ट लगाएको, दाहिने हातको चोरी औलामा सेतो औंठी लगाएको, दुवै हातमा दातँ जस्तो देखिएको उमेर अन्दाजी ४० वर्ष को जस्तो देखिने पुरुष व्यक्ति ।
सम्बन्धित खबर
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ