तनहुँ । तनहुँको भानु नगरपालिकाले असार २९ गते भानु जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय छ । भानु जयन्ती मनाउनको लागि बिदा दिने निर्णय गरिएको भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले जानकारी दिए ।
नगरपालिकाले गतवर्ष पनि भानु जयन्तीका दिन नगरपालिका क्षेत्रभित्र सार्वजानिक बिदा दिने निर्णय गरेको थियो ।
तनहुँको भानु नगरपालिकाले कर्मचारी र जनप्रतिनिधिहरूलाई अनिवार्य बिर्खेटोपी लगाउनुपर्ने व्यवस्था गरेको छ ।
गत असार १ गतेदेखि उनीहरूलाई अनिवार्य रुपमा बिर्खेटोपी लगाउनुपर्ने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।
भानुभक्तकै नामबाट स्थापित भानु नगरपालिकाले भानुभक्तको सम्झना गराउने उद्देश्यले कर्मचारी र जनप्रतिनिधिहरूलाई अनिवार्य बिर्खे टोपी लगाउनुपर्ने निर्णय गरेको हो ।
भानु जन्मस्थल समितिविहीन
आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घामा भानुभक्तको कृतित्व र व्यक्तित्व विश्वसामु पुर्याउने उद्देश्यले गठित भानु जन्मस्थल विकास समिति यतिबेला पदाधिकारीविहीन बनेको छ । स्थानीय तहहरू गठन भएपछि सो संस्था समितिविहीन बनेको हो ।
यस अघि उक्त संस्थामा नेपाल सरकारले अध्यक्ष र कार्यकारी निर्देशकको रुपमा विभिन्न क्षेत्रका व्यक्तिहरूलाई मनोनयन गर्दैआएको थियो । अहिले भानु नगरपालिकाले जन्मस्थल विकास समितिले गर्ने काम हेरिरहेको बताइएको छ ।
नेपाल सरकारसँग समिति गठनका लागि पहिल भइरहेपनि सो पूरा हुन नसकेको भानु नगरपालिका वडा नं. ४ का अध्यक्ष पूर्णबहादुर लौडारी भाटले बताए ।
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो