विवेकशीलसँग पुनः एकता प्रयासपछि साझा पार्टीबाट अलग भए सूर्यराज र मुमाराम

विवेकशीलसँग पुनः एकता प्रयासपछि साझा पार्टीबाट अलग भए सूर्यराज र मुमाराम

suryaraj mumaram

साझा पार्टीबाट डा.सूर्यराज आचार्य र मुमाराम खनाल बाहिरिएका छन् । पार्टी एकतामा असहमति राख्दै आएका उनीहरु विवेकशीलसँग पुनः एकता प्रयासपछि साझा पार्टीबाट अलग भएका हुन् ।

पार्टी निर्माण प्रक्रियाबारे सहमति जुट्न नसकेपछि प्रवक्ता डा. आचार्य र केन्द्रीय सदस्य खनाल पार्टी संगठनबाट विदा भएका हुन् । पार्टी एकीकरण–ध्रुवीकरणको बाटो रोज्नु भनेको उल्टो बाटो हुने आचार्य र खनालको तर्क छ । फुटेर गएका पार्टीैसँग मिल्नुका कुनै तुक नरहेको उनीहरुको निष्कर्ष रहेको छ ।

आइतबार बसेको केन्द्रीय समितिको बैठकले आचार्य र खनाललाई धन्यवाद सहित बिदा गर्ने निर्णय गरेको साझा पार्टीका एक नेताले जानकारी दिए ।

खनाल र आचार्यले पार्टी संरचनामा नबस्ने बताएका थिए । त्यसपछि केन्द्रीय कमिटीको बैठक बसेर उनीइहरुलाई पार्टीका लागि दिएको योगदानका लागि धन्यवाद दिने निर्णय गरेको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds