काठमाडौं । नेपालमा थप ८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ५ र ललितपुरका १ सहित थप ८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको आइतबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका हुन् ।
हाल सक्रिय संक्रमतिको संख्या ८ हजार १७४ रहेको उनले बताए । यस्तै डिस्चार्ज भएकासहित कूल संक्रमित १६ हजार ८०१ जना रहेको पनि बताए ।
गौतमका अनुसार पछिल्लो २४ घण्टामा १४७ संक्रमण निको भएर डिस्चार्ज भएका छन् भने योसँगै डिस्चार्ज हुनेको कूल संख्या ८ हजार ५८९ रहेको छ ।
यो भनेको सक्रिय संक्रमित भन्दा निको भएर घर फर्किनेको संख्या धेरै रहेको छ ।
पछिल्लो २४ घण्टामा २५ प्रयोगशालाबाट ३९१६ जनाको परीक्षण भएको थियो ।
हालसम्म क्वारेन्टिनमा २३ हजार ७८४ र आइसोलेशनमा ८ हजार १७४ जना रहेका छन् ।
सम्बन्धित खबर
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
मेडिकल कलेज तथा सरकारी अस्पतालले शुल्क विवरण सार्वजनिक नगरे कारबाही
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण
एकीकृत समाजवादीले कीर्तिपुरको मेयरमा माओवादीलाई समर्थन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते