इण्डियन आर्मी आरुघाट मान्बुका गुरुङको जम्मु काश्मिरमा मृत्यु

इण्डियन आर्मी आरुघाट मान्बुका गुरुङको जम्मु काश्मिरमा मृत्यु

Sambar Gurung

गोरखा जिल्लाको आरुघाट गाउँपालिकाको मान्बु घर भएका सम्बर गुरुङले भारतीय सीमा रक्षा गर्ने क्रममा ज्यान फालेका छन् ।

जम्मू–कश्मीरको लाइन अफ् कन्ट्रोल (एलओसी) क्षेत्रमा आज शुक्रबार बिहान भएका गोलीबारीमा हवल्दार गुरुङको मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।  जम्मु–कश्मीरको रजौरी जिल्लास्थित नोसेरा क्षेत्रमा भएको उक्त घटनामा गम्भीर घाइते भएका गुरुङको मृत्यु भएको हो । ३६ वर्षीय गुरुङ भारतीय सेनामा भर्ती भई भारतको सीमा रक्षा गर्दै आएका थिए ।

एक महिनाभित्रै भारतीय सीमा सुरक्षाका लागि नेपालीले ज्यान गुमाएको यो दोस्रो घटना हो। यसअघि ८ असारमा जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमै खटिएका गुल्मी जिल्ला घर भएका हवल्दार दीपक कार्कीले ज्यान फालेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds