धारिलो हतियार प्रहार गरी फरार रहेका ज्यान मार्ने उद्योग मुद्दाका २ जना दमौलीबाट पक्राउ

धारिलो हतियार प्रहार गरी फरार रहेका ज्यान मार्ने उद्योग मुद्दाका २ जना दमौलीबाट पक्राउ

aparadh-pakrau

तनहुँ । जिल्ला प्रहरी कार्यालयले डेढ महिनापछि ज्यान मार्ने उद्योग मुद्दाका २ फरार व्यक्तिलाई पक्राउ गरेको छ ।

रिसिङ गाउँपालिका-२ स्थायी घर भई हाल व्यास-१३ बेलबास बस्ने २४ वर्षीय कमलेश चन्द र व्यास-१३ बेलबासका २६ वर्षीय मनोज परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।

गत जेठ ७ गते व्यास-१ का २३ वर्षीय सुरज रानालाई बेलबासमा उनीहरुले ज्यान मार्ने उद्देश्यका साथ बाटो छेकी बिवाद गरी धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले सुरजको टाउको तथा शरिरको संवेदनशिल भागहरुमा पटक पटक प्रहार गरी गम्भिर घाइते बनाई भागी फरार रहेको प्रहरी नायव उपरीक्षक तिमिल्सिनाले बताए ।

घटनापछि फरार रहेका चन्द र परियारलाई असार २५ गते व्यास-३ सिर्जनाटोल दमौलीबाट समातिएको उनले बताए ।

उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला अदातलमा उपस्थित गरी म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds