पोखरा । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका २ स्थानीय तहमा नयाँ संक्रमित फेला परेका हुन् ।
संक्रमण पुष्टि हुनेमा पोखरा महानगरका १० जना छन् । उनीहरु २५ देखि ५१ वर्ष उमेर समूहका पुरुष छन् । उनीहरुमध्ये अन्नपूर्ण गाउँपालिका ठेगाना भएका एक जना, कुवेतबाट आएका २ जना, साउदी अरबबाट आएका ४ जना, युनाइटेड अरब इमिरेट्सबाट आएका एक जना र भारतबाट २ जना रहेको पोखरा महानगरपालिका स्वास्थ्य शाखा प्रमुख हेमन्त पौडेलले जानकारी दिए ।
त्यस्तै, कास्कीकै मादी गाउँपालिकामा पनि ३ जना कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये एक जना २८ वर्षीया महिला हुन् भने ३५ र ३७ वर्षका २ जना पुरुष हुन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सबैजना सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा रहेको र आइसोलेसनमा लैजाने तयारी भइरहेको जानकारी दिएको छ ।

योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार १ सय २९ पुगेको छ । बुधबार बिहानमात्रै गण्डकी प्रदेशका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु बागलुङ, तनहुँ र म्याग्दीका थिए १/१ जना थिए ।
गण्डकी प्रदेशभरिका कुल संक्रमितमध्ये ३ सय ५३ जना निको भई घर फर्किसकेका छन् । प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।
उपचारका क्रममा स्याङ्जाका २ जनाको पोखरामा, गोरखाका एक जनाको मृत्यु भएको थियो । बागलुङका एकजना पुरुषको क्वारेन्टिनमा मृत्यु पश्चात कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित खबर
भूकम्पसम्बन्धी सचेतना फैलाउन पोखरामा नास्टको ‘भूकम्प सिकाइ प्रदर्शनी’
विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितता छानविन गर्न कास्की काँग्रेसको माग
र्यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस
पोखरामा लागू औषधसहित २ जना पक्राउ
गुप्तेश्वर गुफामा वाद्यवादन तालिम सम्पन्न
ओटेफको डिजिटल मार्केटिङ विषयक तीन दिने तालिम सुरु
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध