काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पाँच वर्ष प्रतिपक्षमा बस्न जनताले दिएको म्याण्डेटबाट पार्टी दायाँबायाँ नहुने प्रष्ट पारेको छ ।
सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)भित्र आन्तरिक कलह चर्किरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसलाई सत्ता सहकार्यको प्रस्ताव राखेको चर्चा बाहिर आएको थियो । तर कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले त्यसलाई अस्वीकार गरे । उनले भनेका छन्, ‘उहाँहरू आपसमा हल खोज्न नसक्ने र कांग्रेसको टेको टेक्नुपर्ने अवस्थामा पुग्नुभएको छ जस्तो छ हामीलाई लाग्दैन ।’
त्यस्तो प्रस्ताव आएको क्षणमा नै टिप्पणी गर्ने शर्माले बताए । तर जनताले २०७४ को आम चुनावमा दिएको म्याण्डेटअनुसार ५ वर्ष कांग्रेस प्रतिपक्षमा बस्ने उनले प्रष्ट पारे । शर्माले भने, ‘यो वा त्यो अवस्था उत्पन्न भएको अवस्थामा पनि यो कार्यकाल भर सिंहदरबारमा हामी माग राख्न खुट्टा टेकौंला, मन्त्रालय चलाउने गरी टेक्दैनौं ।’
उनले कांग्रेस सरकारमा जान लाग्यो कि भन्ने आशंकामा नरहन पार्टीका कार्यकर्तालाई समेत आग्रह गरे ।
साथै, प्रधानमन्त्री ओली र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले मात्रै नभएर नेकपाका अरू नेताहरूले पनि कांग्रेस नेताहरूलाई भेटेको भन्दै प्रवक्ता शर्माले नेकपाको आन्तरिक द्वन्दमा कांग्रेस यो वा त्यो पक्षमा उभिन लाग्यो भन्ने भ्रम नछर्न आग्रह गरे ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु