पोखराका २ जनासहित गण्डकी प्रदेशमा थपिए ५ जनामा कोरोना संक्रमित

पोखराका २ जनासहित गण्डकी प्रदेशमा थपिए ५ जनामा कोरोना संक्रमित

Corona Positive

पोखरा । पोखरा महानगरपालिकाका थप २ महिलासहित गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार बेलुका गण्डकी प्रदेशका ४ जिल्लाका थप ५ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार कास्की जिल्ला पोखरा महानगरपालिकाका २२ र ३१ वर्षीया महिलासहित लमजुङ राइनासका ४८ वर्षीय पुरुष, गोरखाका गोरखा नगरपालिकाका ५३ वर्षीय पुरुष र बागलुङ ढोरपाटन नगरपालिकाका २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका ४ जनालाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जनाइएको छ । बागलुङका २९ वर्षीय पुरुषमा भने मृत्युपछि कोरोना पुष्टि भएको हो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १ हजार ९६ पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ